>

कांग्रेसको महाधिवेशन सबैलाई मिलाएर हुन्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधान अनुसार सबैलाई मिलाएर गरिने बताएबा छन् ।

शनिबार नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले महाधिवेशनबारे आफ्नो धारणा राखेका हुन् । कांग्रेस राजनीतिक पार्टी भएकाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्नुपर्नेमा सिंहको जोड छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री समेत रहेका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोर जस्तो देखिएको बताए । कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै अहिले कांग्रेसलाई साइडलाईनमा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखापरेकोमा उनले चिन्ता व्यक्त गरे । उपप्रधानमन्त्री सिंहले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । पार्टीको नीति सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने सिंहको भनाई थियो ।

उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी भएको भन्दै यसलाई सुदृढ र संस्थागत गर्नुपर्नेमा जोड दिए । आम नागरिकलाई अधिकारसम्पन्न बनाउन जन चाहना अनुसारनै अहिलेको सरकारले काम गरिरहेको पनि उनको भनाई छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना, गुरु बराल लगायत सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *