>

मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाइ तथा शुभकामना दिएका छन् । बिहीबार दिल्लीको रामलीला मैदानमा शपथ लिएपछि मोदीले मुख्यमन्त्री गुप्तालाई पूर्ण जोशका साथ काम गर्न शुभकामना दिएका हुन् । 

‘दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्रीमती रेखा गुप्ताजीलाई बधाई छ। उहाँ तल्लो तहबाट उठ्नुभएको छ, क्याम्पस राजनीति, राज्य संगठन, नगरपालिका प्रशासनमा सक्रिय हुनुहुन्छ र अहिले विधायक र मुख्यमन्त्री पनि हुनुहुन्छ। मलाई विश्वास छ कि उहाँले दिल्लीको विकासको लागि पूर्ण जोशका साथ काम गर्नुहुनेछ। उहाँलाई फलदायी कार्यकालको लागि मेरो शुभकामना,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री तथा चौथो महिला मुख्यमन्त्री बनेकी छिन् । यसअघि सुष्मा स्वराज, शिला दीक्षित र आतिशी मुख्यमन्त्री बनेका थिए । दिल्लीमा परवेश सिंह, आशिष सूद, मनजिंदर सिंह सिरसा, रविन्द्र इन्द्रज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह क्याबिनेट मन्त्री बनेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *