>

मकुना एक हात्ती मात्र थिएन

काठमाडौं । गत माघ २५ गते चितवन राष्ट्रिय निकुञ्जमा मकुना नामको जंगली हात्तीको गोली हानी हत्या गरिएको छ । मकुनामाथि ६ राउन्ड गोली हानेर हत्या गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज अधिकारीको भनाइ अनुसार आत्मसुरक्षाका लागि गोली चलाउनुपर्ने बाध्यता थियो । उक्त गोली लागेर मकुनाको मृत्यु भयो ।

पशु अधिकारका क्षेत्रमा आवाज उठाइरहेकाहरुले निकुन्जको यो भनाइप्रति कत्ति पनि चित्त बुझाएका छैनन् । उनीहरुले जंगली हात्तीमाथि कुनियतले गोली चलाएर हत्या गरेको आरोप लगाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा ‘मकुनालाई न्याय देऊ’ अभियान चलाएका छन् ।

अभियान्ता विष्णु थापा लेख्छन– सौराहामा हुन लागेको फूड फेस्टिवल बिथोल्छकी भनेर निकुन्जका प्रशासन र सैनिकलाई दुइचार बोतल बिदेशी रौसी दिएर मार्न लगाएको आरोप अभियान्ता विष्णु थापाले लगाएका छन् । उनले भने, ‘बिदेशी संस्था आइयुसिएन, डब्लुडब्लुएफ, जेडएसएल यो विषयमा बोल्दैनन । यी सबै अबोध बन्यजन्तुमाथि धन्दा गर्ने हुन् । अबोध प्राणी मार्नेहरुले आफ्नो कर्मको फल एक दिन भोग्नै पर्छ ।’

यसैगरी प्रेम थापा लेख्छन– मकुनालाई मारेर निकुन्ज र बिदेशी संरक्षण संस्थाहरुले आफ्नो डलरे खेतीपाति बचाएका छन । अब छानबिनको नाटक मन्चन हुन्छ । दुई–चार जना स्थाइ जागिरेहरु चितवन जान्छन, रौसी, बँदेल र चित्तलको मासु खान्छन, डकार्छन, रिपोर्ट लेख्छनस् आत्म रक्षा लागि चलाएको गोली लागेर मकुनाको मृत्यु भएको ठहर गर्छन् ।

घटना विवरणअनुसार गत बुधबार अर्थात् माघ २५ गते दिउँसो । करिब आधा दर्जन हात्तीमा चढेर चितवन निकुञ्जका कर्मचारी र नेपाली सेनाका सैनिकहरु जंगलतर्फ लाग्छन् । निकुञ्ज अधिकारीहरुका अनुसार जंगली हात्ती मकुनालाई निकुञ्जको भित्री इलाकामा पठाउन उनीहरुले गस्ती गरेका हुन् ।

सोही गस्तीका क्रममा अर्को मकुनाले अर्को हात्ती चुरे गजलाई आक्रमण गर्न खोज्छ । उनीहरुले मकुनालाई धपाउन ‘दुई राउन्ड हवाई फायर’ गर्छन् । तर, हात्ती भाग्दैन । यसैबीच अर्को हात्ती खगेन्द्रप्रसादमा चढेका रेन्जर श्याम तामाङ हात्तीबाट खस्न पुग्छन् ।

उनैलाई बचाउन पुन ३ पटक हवाई फायर गरिन्छ । सो हवाई फायरपछि मकुना भागेर केही पर पुग्छन् । तर लगत्तै फर्केर आउँछ । त्यसपछि पुन एक राउन्ड गोली हानिन्छ । साढे एक बजेतिर ढलेको अवस्थामा भेटिएको हात्तीलाई दुई घण्टापछि पशु चिकित्सक टोलीले मृत घोषणा गर्छन् ।

एनिमल नेपालले विज्ञप्ति जारी गर्दै यस कृत्यको चर्को विरोध गरेका छन् । उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले फेरि एकपटक देखाएको छ कि मानव क्रियाकलापकै कारण वन्यजन्तु र मान्छेबीच द्वन्द्व बढिरहेको छ । तर, दोष सधै जनावरलाई लगाइन्छ । अन्ततः तिनीहरु नै मारिन बाध्य पारिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *