>

संघीय संसदका दुबै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक एक बजे र राष्ट्रिय सभाको बैठक सवा एक बजे बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन । सो विधयेक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० छलफल र पारितका प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा अध्यादेश आजपनि पेश हुने कार्यसूचिमा छैन ।

अध्यादेश पारित हुन संख्या नपुग्ने संशयले कार्यसूचीमा नराखिएको अनुमान गरिएको छ । जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गरिनसकेकाले सरकारले अध्यादेश पेश गर्न सकेको छैन ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एजेन्डा राखिएको छ । मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *