>

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताए । सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहस मार्फत परिमार्जन गर्न जरुरी रहेको महामन्त्री शर्माले उल्लेख गरे ।

सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद भएको भन्दै महामन्त्री शर्माले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बताए ।उनले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली कांग्रेससँग पनि पर्याप्त छलफल नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *