ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक वस्नेतका अनुसार रिहा हुनेहरुमा सिदिङबा गाउँपालिका ५ ताप्लेजुङका लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन रहेका छन् ।
तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई मादेन १० हजार रुपैयाँ र लिम्बुद्वय ५–५ हजार धरौटीमा छुटेको सुचना अधिकारी बस्नेतको भनाई छ ।
नो केबलकार समुहले आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाई लगायतको माग राख्दै यातयात अनिश्चितकालिन बन्द समेत गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच मंगलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति थियो ।