>

‘सरकारलाई सहयोग गर्ने निर्णय भएको छैन’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजकिशोर यादवले सरकारले ल्याएको अध्यादेशबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।

अध्यादेशबारे अध्ययन गर्न पार्टीद्वारा गठित कार्यदल संयोजकसमेत रहेका उनले आफूहरुले मंगलबार बुधबार विज्ञहरुसँग परामर्श गरे पनि निर्णयमा पुग्न बाँकी रहेको बताए । ‘कार्यदल स्तरमा एक प्रकारको सहमति गरेका छौं’, यादवले भने, ‘हामी प्रतिवेदनलाई अन्तिम रुप दिँदैछौं ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राष्ट्रियसभामा तीन सिट रहेको जसपा अध्यादेश स्वीकृत गर्न वा नगर्न निर्णायक देखिएको छ । सरकारले बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा विभिन्न ६ अध्यादेश प्रस्तुत गर्दैछ ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रियसभामा सत्तापक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद् छन् । यस्तै विपक्षमा अध्यक्ष नारायणप्रसाद दाहालसहित माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ जना छन् । जसपा खुलेर सत्ता वा विपक्ष दुवै मोर्चामा छैन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

संघीय सरकार र मधेस सरकार दुवैमा सहभागी नभएको जसपाले गत ६ साउनमा प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिँदा पक्षमा मतदान गरेको थियो ।
अंक गणितका कारण जसपाको हात माथि परेको छ । सत्ता र प्रतिपक्ष दुवै जसपालाई आफ्नो पक्षमा पार्न प्रयासरत छन् ।

प्रमुख दुई सत्ताघटक काँग्रेस र एमालेले अध्यादेशमा सघाउन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । संघीय सरकारमा महत्वपूर्ण पोटफोलियोसहित मन्त्री र मधेस सरकारमा मुख्यमन्त्री दिनेसम्मको संकेत काँग्रेस र एमालेबाट आएको दाबी जसपा नेताहरुको छ ।

जसपा कार्यकारिणी समितिको बैठक जारी रहेका बेला सोमबार १० मिनेटको फरकमा पहिला प्रधानमन्त्री केपी ओली र पछि काँग्रेस सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर सहयोग गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *