>

सरकारको गतिमति ठीक भएन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेकाले कामको गति बढाउनुपर्ने बताएका छन् । पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बाल्दै महामन्त्री थापाले कतिपय विषयमा गतिसँगै मति पनि ठीक नभएको जिकिर गरेका हुन् ।

‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त ?’ महामन्त्री थापाले भने,‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।”

नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए । निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने थापाले बताएका छन । महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरु घटाउनु पर्ने तर्क समेत गरेका छन ।

संघको शहरी विकास मन्त्रालयले समेत पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने उनले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *