>

केबलकार निर्माणको विरोधमा गरिएको बन्दले पूर्वको जनजीनव प्रभावित

काठमाडौ । मुकुम्लुङ बचाऔं संघर्ष समिति तथा राजनीतिक दलको समथर्नमा आइतबारबाट गरिएको लिम्बुवान बन्दका कारण सुनसरी सहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

पूर्वपश्चिम र मेची राजमार्गमा यातायात ठप्प छ भने बन्दकर्ताहरुले सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । दुई पांग्रे मोटरसाइकल सञ्चालनमा समेत चोक चोकमा बसेर पहिचानवादी युवाहरुले अवरोक गरेका छन् । पाथीभराको ऐतिहासिकतालाई मेटाउने गरी एउटा व्यक्तिको स्वार्थमा बनाउन लागेको केवलकार विश्वव्यापी मान्यता अनुसार जायज नभएकाले आन्दोलन गर्नु परेको प्रदर्शनकारीको भनाइ छ ।

बन्द शान्तिपूर्ण रहे पनि लिम्बुवान क्षेत्रमा आह्वान गरिएको अनिश्चितकालीन बन्दका कारण छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेको छैन । यसैबीच सुनसरी प्रहरीले बन्दका बेला अप्रिय घट्ना नघटोस् भनेर सुरक्षालाई मजबुत बनाएको छ ।

आन्दोलनकर्ताहरुले केबलकार खारेज हुनुपर्ने, गोली लागेका घाइतेहरुको सहज रुपमा उपचार हुनुपर्ने र क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने माग गर्दै बन्द गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *