>

संसद् अधिवेशन आजदेखि, भिडन्तको तयारीमा सत्ता र प्रतिपक्ष

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारले संसद छलेर कतिपय विवादित व्यवस्थासहित ल्याएको ६ अध्यादेश बैठकमा पेश गर्ने कार्यसूची छ ।

संसद् नचलेको अवस्थामा ल्याइएको अध्यादेश पहिलो बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी ओली, अर्थमन्त्री विष्णु पौडेल र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले अध्यादेश टेबल गर्ने कार्यसूची छ ।

त्यसअघि काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

सरकार जसरी पनि अघि बढाउने र प्रतिवाद गर्ने प्रतिपक्षको चेतावनीका कारण संसद् बैठक सुरुदेखि नै तनावपूर्ण हुने देखिएको छ । सत्तारुढ काँग्रेस र एमालेले आफ्ना सांसदलाई अध्यादेशको पक्षमा उभिन निर्देशन दिएको छ ।

प्रतिपक्षी दलहरुको बिहीबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको गलत क्रियाकलाप र अध्यादेशका विरुद्ध एकमतका साथ प्रस्तुत हुने निर्णय गेरको छ ।

प्रतिपक्षी दलहरुले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना सदनमा दर्ता गराउने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *