काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज बसेको निगमको संचालन समिति बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजन गरेसँग अब पेट्रोलको मूल्य १६३ रुपैयाँ डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ। समायोजन भएको मुल्य आज राति १२ बजेपछि लागु हुने छ ।
पेट्रोल र डिजेलको मूल्य बढ्यो
