>

गैरआवासीय नेपालीहरुको चिन्ता– छोरा छोरीहरूले नेपाललाई विदेश नभनोस्

काठमाडौं । गैरआवासीय नेपालीहरूले वंशजको आधारमा प्राप्त गरेको नागरिकतालाई निरन्तरता दिन माग गरेका छन् ।

सोमवार सिंहदरबारमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली सङ्घ र ब्रिटिस गोरखा सैनिकसँग छलफल” गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले विदेशी नागरिकता लिएकाहरू पनि नेपालको नागरिकता लिन चाहे कुनै अप्ठ्यारो नमानी स्वागत गर्न सरकारलाई आग्रह गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

बैठकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली र ब्रिटिस गोरखाका सैनिकहरूलाई आफ्ना छोराछोरीहरूले नेपाललाई विदेश नभन्दिओस् भन्ने चिन्ता रहेको बताए । उनले नेपाल आफ्नो मातृभूमि र आफ्ना आमाबुबा जन्मिएको ठाउँको रूपमा छोराछोरीहरूको मनमा पारिदिन नागरिकताको सहज व्यवस्था गर्नेमा आफूले विश्वास लिएको बताए । महतोले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिँदा कुनै अप्ठ्यारो पर्ने कुरा नरहेको जिकिर गर्दै आफूहरूले आफ्नै जीवनमा नेपाललाई समृद्ध हेर्न चाहेको समेत धारणा ब्यक्त गरे ।

एनआरएनका अभियन्ता राजेन्द्रकुमार शर्माले बाहिरिइरहेको नेपालको सम्पतीलाई रोक्नको लागि गैर आवासीय नेपाली नागरिकतामा स्पष्टता वा वंशजको आधारमा प्राप्त गरेको नागरिकतालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

समितिको बैठकमा गैरआवासीय नेपाली सङ्घकी पूर्वअध्यक्ष रविना थापाले संविधानमै लेखिएको विषयलाई कार्यान्वयनमा ढिलासुस्ती हुनु दुःखद् रहेको बताइन् । उनले गैरआवासीय नागरिकता लिएका दाजुभाईहरूले अंशवण्डाको क्रममा मालपोत कार्यालयले उक्त नागरिकलाई स्वीकार गर्न नचाहेको बताइन् । गैर आवासीय नेपालीहरूलाई नेपाल फर्काउनसके ३५ खर्ब रुपैयाँ राज्यले परिश्रम नगरी लगानी प्राप्त गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *