>

स्पिरिटपछि अर्को ठुलो फिल्म गुमाउदै दीपिका

काठमाडौँ । बलिवुड निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’ छोडेर चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले अर्को फिल्म पनि गुमाउने भएकी छन् । दीपिकाले स्पिरिटबाट बाहिरिदा उनले ८ घण्टा कामात्र म गर्ने माग गरेको र निर्माता त्यसको लागि तयार नभएको बताइएको थियो । त्यसपछि बलिवुडमा आठ घण्टाको सिफ्टलाई लिएर बहस सुरु भएको छ र अहिले पनि चर्चा जारी रहेको छ ।

धेरैले दीपिकाको मागलाई समर्थन पनि गरे पनि फिल्मका निर्माता निर्देशक दीपिकाको विरुद्ध जान लागेको देखिएको छ । दीपिकाको यो अडान उनकै लागि महँगो साबित भइरहेको छ । स्पिरिटबाट बाहिरिएपछि दीपिका अब अर्को फिल्म कल्की-२ बाट पनि बाहिरिने भएकी छन् । 

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

भारतीय मिडियाहरुले कल्की २ बाट पनि दीपिका बाहिरिन सक्ने उल्लेख गरेका छन् । आमा बनेपछि, दीपिकाको काम गर्ने समय घटाउने मागले फिल्मको सेट र निर्माताहरूसँग द्वन्द्वको अवस्था सिर्जना गरिरहेको छ । यस कारण, अब ‘कल्की २’ का निर्माताहरूले दीपिकाको भूमिका घटाउने वा हटाउने विचार गरिरहेको रिपोर्टमा उल्लेख छ । ‘कल्की २’ मा दीपिकासँगै प्रभास र अमिताभ बच्चन पनि मुख्य भूमिकामा रहेका छन् ।

कामको समयका कारण दीपिकाले छोडेको फिल्म ‘स्पिरिट’ मा प्रभास पनि मुख्य भूमिकामा छन्। अब दीपिका ‘कल्की २’ बाट बाहिरिने खतरामा छिन्, जसमा प्रभास पनि मुख्य भूमिकामा छन् ।’कल्की २८९८’ एडीमा दीपिका पादुकोणले ‘सुम’ नामकी गर्भवती महिलाको भूमिका निर्वाह गरेकी थिइन् । जसको अर्थ सुमती हो। दीपिकाको चरित्र सुमतीले जन्म दिने बच्चा पछि कल्की अवतार बन्ने विश्वास गरिने फिल्ममा देखाइएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *