>

वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को सहमतिमा नेतृत्व छनोटमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने पक्का भएको छ ।

सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले सक्रिय भूमिका खेलेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तर उनीहरूको प्रयास असफल भएपछि सहमतिका लागि नेताहरू दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार समेत पुगेका थिए । खुमलटारमा बैठकमा समेत सहमति नभएको संयोजक तथा पार्टी उपमहासचिव बस्नेतले जानकारी दिएका छन । उनले भने, ‘सहमति हुने सम्भावना देखिएन ।

भोलि (बिहीबार) निर्वाचन प्रक्रियामा जान्छ ।’ अध्यक्षका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐर लगायत रहेका छन् । अहिले बन्द सत्र सुरु भएको ऐरले जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *