>

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

माओवादीको प्रदेशमा ९ मध्ये ६ जना सांसदले साहलाई संसदीय दलको नेताबाट हटाउन १० महिनाअघि दाहाललाई पत्र बुझाएका थिए। प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष दाहाल र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

तर, केही समयअघि पार्टीप्रति आघात पुग्ने काम गरेको उजुरी अध्यक्ष दाहालसमक्ष परेको थियो । त्यसपछि अध्यक्ष दाहालले नै दलको नेताबाट राजीनामा दिन निर्देशन दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *