>

बजेट पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्नेमा कांग्रेस विश्वस्त

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संसद्मा प्रश्तुत भएको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।

शुक्रवार सभामुख देवराज घिमिरेले बोलाएका प्रमुख सचेतकहरुको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे यस्तो बताएका हुन् । उनले बिहीवारको संसद बैठकमा प्रस्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

घिमिरेले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व रहेकोले उक्त दायित्व पूरा गर्ने विषयमा प्रतिपक्षी दलहरूले जिम्मेवारी बोध गरी सहजीकरण गरेको जिकिर गरे । उनले बजेटलाई पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकोले विपक्षी दलहरूले बजेटको सेसनलाई अगाडी बढाउने कुरामा सहजीकरण गर्नेमा आफूहरूले विश्वास लिएको बताए ।

उनले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रहेको बताए । घिमिरेले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर क्यालेण्डर बनाउने विषयमा मोटामोटी सहमति भएको समेत जानकारी दिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

6 thoughts on “बजेट पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्नेमा कांग्रेस विश्वस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *