काठमाडौं । १८ औँ गणतन्त्र दिवस आज टुँडिखेलमा गणतन्त्र दिवस समारोह शुरु भएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री के.पी शर्मालगायत विशिष्ट महानुभाव सहभागी भएका छन् । त्यस क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतबाट मार्चपास हुनेछ ।
आजै राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले समेत गणतन्त्र दिवसका अवसरमा यसको महत्त्व उजागार गर्ने विभिन्न कार्यक्रम आयोजना गरेका छन् । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो ।
तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरूद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा माओवादीले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र घोषणा गरिएको हो ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४० वर्षदेखिको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
https://shorturl.fm/bODKa
https://shorturl.fm/XIZGD