>

गृहमन्त्रीले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्छः गगन थापा

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखेका छन । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाले बताए ।

नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ ।’ साथै उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानमा अलमल गर्न नहुने समेत बताएका छन । उनले भने, ‘यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ ।

यससंगै भिजिट भिसाको नाममा हुने गरेको ठगिको धन्दा र यसको नेक्सस सधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ ।’ राज्यका जिम्मेवार निकायमा रहेका अधिकारी र निकायहरुबाट सयौं नेपाली नागरिक ठगिनु र शोषणमा पर्नुले सबैलाई स्तब्ध बनाएको पनि बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यस्ता हर्कतहरू गैह्रकानूनी र अमानवीय भएको पनि बताएका छन । महामन्त्री थापाले भने, ‘यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ ।

कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन ।’त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अघि बढाएको छानबीन कुनै शक्तिको दबाबमा रोकिनु नहुनेमा उनको जोड छ ।

3 thoughts on “गृहमन्त्रीले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्छः गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *