>

भारतमा नेपाली छात्राको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनको बारेमा सरकारले अनुसन्धानका लागि कुटनीतिक पहल थालेको छ ।

परराष्ट्र मन्त्रालयले घटनालगत्तै बिहीबारनै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन् ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले पनि घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहल थालेको बताएका छन । दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको उनले बताएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी रहेको बताइएको छ । प्रिसाका परिवारका सदस्यहरू भारत प्रस्थान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *