>

सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिदै सत्तारुढ दल

काठमाडौं । सत्तापक्षीय दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ ।

विभिन्न चरणमा वार्ता हुँदा पनि शिक्षक र सरकारबीच सहमति हुन नसकेकाले बैठकवाट सत्ता साझेदार दलले समान धारणा बनाउनेछन् । सरकारको नीति कार्यक्रममा समेटिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

जनतामा निराशा फैलिरहेका बेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम आशावादी र जनतासँग प्रत्यक्ष जोडिने गरी ल्याउने तयारी छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ । सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले बजेको प्राथमिकता तथा सिद्धान्त पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

उपप्रधान एवम् अर्थ मन्त्री विष्णु पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२/८३ बजेट प्रस्तुत गर्दैछन । बजेट जेठ १५ गते प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। अर्थमन्त्रीले पेस गरेको बजेट पारित भएपछि साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *