काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् ।
नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन काँग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सन्देशमा नेता डा. कोइरालाले भनेका छन्, “एक पटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ ।”
अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध–२’ ले पाँच दशक अगाडि बिपी कोइरालाले प्रतिपादन गरेका ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहरूमा काँग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए।
उनले भनेका छन्, “हामी यतिखेर इतिहासको त्यो दोबाटोमा उभिएका छौँ जहाँबाट सामान्य त्रुटि हुँदा र गलत दिशातर्फ जाँदा हाम्रो देश नेपाल ठूलो जोखिममा पर्छ ।”
राजनीतिमा देखिएको विकृति विसंगतिको उपचारको खोजी पार्टीभित्रबाट खोजिनुपर्ने मान्यता राख्दै आएका उनले नागरिकको विश्वास र भरोसा जित्न पार्टीको अगुवाइमा ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियानको आवश्यकता औँल्याए ।
भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर छुट्दै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियान आवश्यक रहेको बताउँदै नेता कोइरालाले नयाँ वर्ष २०८२ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याउन सफल होस् भनी शुभकामना व्यक्त गरेका छन् ।
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6607
https://vitz.ru/forums/index.php?autocom=gallery&req=si&img=4804
https://hrv-club.ru/forums/index.php?autocom=gallery&req=si&img=6884
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6874
https://myteana.ru/forums/index.php?autocom=gallery&req=si&img=6881
https://vitz.ru/forums/index.php?autocom=gallery&req=si&img=4979
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6512
http://terios2.ru/forums/index.php?autocom=gallery&req=si&img=4683
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6487
https://vitz.ru/forums/index.php?autocom=gallery&req=si&img=4886
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6423
https://hrv-club.ru/forums/index.php?autocom=gallery&req=si&img=6977
https://honda-fit.ru/forums/index.php?autocom=gallery&req=si&img=7122
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6600
http://terios2.ru/forums/index.php?autocom=gallery&req=si&img=4823
https://hrv-club.ru/forums/index.php?autocom=gallery&req=si&img=7180
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6256