काठमाडौं । हिन्दु राज्य र राजसंस्थाको माग गर्दै आज हिन्दु धर्मालम्बीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौंको पाशुपात क्षेत्रदेखि मैतीदेवी पञ्चकुमारीसम्म हिन्दु धर्मालम्बीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समितिका कार्यबाहक संयोजक डा. जगमान गुरुङले राजसंस्था र हिन्दु राज्य स्थापनको अभियान अव विश्वव्यापी रुपमा अघि बढने बताए ।
प्रदर्शनमा सहभागीहरुले मुलुकको हित र रक्षाका लागि हिन्दू राज्य र संबैधानिक राजा अनिवार्य रहेको बताए ।
प्रजातन्त्र दिवसका अबसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशपछि राजावादीहरुले हिन्दू राज्य र संबैधानिक राजतन्त्रको माग सहित प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने एक सय पचास जना घाईते भएका थिए ।