>

कुलमानलाई थुन्ने ओलीको योजना ऋषिकेशले पूरा गर्न सकेनन्, प्रेम राईले रोके

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरी थुन्न खोजेको खुलासा भएको छ ।

ओलीले ट्रान्समिशन खरिद र भारतसँग महंगोमा बिजलुी खरिद गरेको अभियोगमा पक्राउ गरी कुलमानमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दबाब दिएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

श्रोतका अनुसार ओलीले अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई घिसिङमाथि भ्रष्टाचार मुद्धा दायर गर्न पटकपटक दबाब दिएका थिए । तर, राईले पूर्वाग्रहका आधारमा आधारहीन ढंगले कारबाही गर्न नहुने अडान लिए ।

‘ओलीजीले कुलमानमाथि भ्रष्टाचार कसुरमा कारबाही गर्न दबाब दिनुभएको थियो । अख्तियार प्रमुखले पूर्वाग्रही कदम चाल्दिन भनेपछि उहाँ सफल हुनुभएन’, श्रोतले भन्यो । त्यही झोकमा ओली आफैंले अध्यादेशमार्फत नियुक्त गरेका संवैधानिक परिषदका ५२ जनाको नियुक्ति अदालतमार्फत खारेज गराउने योजनामा लागेको दाबी श्रोतको छ । अख्तियार प्रमुख राईलाई ओलीले सोही लटमा नियुक्त गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अख्तियार प्रयोग गरेर थुन्ने प्रयास विफल भएपछि ओलीले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलमार्फत अख्तियारमा कारबाहीका लागि लेखेर पठाउने प्रयास गरे ।

विपक्षी माओवादी, रास्वपा र सत्तारुढ काँग्रेसकै कतिपय सांसदहरुको दबाबका कारण पोखरेलले बाहिरै लिखत तयार पारेर ल्याएको निर्णय समितिबाट अनुमोदन गराउन सकेनन् ।

त्यसपछि ओलीले ऊर्जामन्त्री दीपक खड्कामार्फत आधा दर्जन बढीपटक स्पष्टीकरण सोधेर कुलमानमाथि प्रतिशोध साँधे । अन्तिममा कार्यसम्पादन मूल्यांकनमा शून्य नम्बर दिएर सोही आधारमा मन्त्रिपरिषदले सोमबार घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *