काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्णरुपमा आन्दोलनमा होमिने भएको छ । आज बसेको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निष्कर्ष निकालेको छ ।
यस्तै, पार्टीका आन्दोलनलाई बेग्लै अगाडि बढाइने लिङदेनले जानकारी दिए । जसअनुसार २६ गते काठमाडौँमा बागमती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गरिने छ । १५ गतेको प्रदर्शनबारे बेग्लै निर्णय नगरिएको लिङदेनले बताए ।