>

हेटौँडामा राप्रपाको युवा संगठनले जलायो ‘प्रचण्ड’को तस्बिर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको छ ।

संगठनको शनिबार हेटौँडामा आयोजित जिल्ला अधिवेशनमा सदस्य सचिव नीराजन बम पताँलाले ‘प्रचण्ड’को तस्बिरमा आगो लगाएका हुन्।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

‘प्रचण्ड’को तस्बिरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए । उनले ‘प्रचण्ड’लाई हत्यारा भन्दै कार्यक्रममा सहभागीलाई नाराबाजी गर्न लगाएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘प्रचण्ड’ले आफ्नै वंशको हत्यारा र मूर्ति चोरसमेत भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *