>

महिला फुटबल टिमको फिफा वरियतामा चार स्थानको सुधार

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ । नेपालले चार स्थानको सुधार गर्दै ९९औं स्थानमा झरेको छ । यसअघि नेपाल १०३ स्थानमा थियो ।

हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपालको वरियतामा सुधार भएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेपाली महिला टिमको फिफा वरियतामा अहिलेसम्मको उच्च वरियता ९१औ स्थान हो भने सबैभन्दा कमजोर वरियता ११९औ स्थान हो ।

त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ । त्यस्तै छिमेकी मुलुक भारत ६९औं स्थानमा छ भने नेपाललाई अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा हराएको म्यानमारको वरियता ५५औं रहेको छ ।
 

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *