>

अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायतका प्रधानमन्त्री स्टार्मरबीच भेटवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँग भेटवार्ता गरेका छन् ।

अमेरिकी राष्ट्रपति निवासमा भएको भेटवार्तामा छिट्टै युक्रेन शान्ति सम्झौतासँगै अमेरिका र बेलायतबीच व्यापार सम्झौता हुुने समझदारी भएको छ । भेटवार्तापछि ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले आफुलाई युक्रेन शान्ति सम्झौता र अमेरिका र बेलाय व्यापार सम्झौता हुने विश्वास रहेको बताएका हुन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले व्यापार सम्झौतामा आयात कर नहुने समेत स्पष्ट पारेका छन् । युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया ट्रम्पले स्टार्मरसँगको भेटपछि दिएका छन् । उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आफु सम्मान गर्ने र युक्रेनी सेनाको समेत प्रशंसा गरिनु पर्ने बताए ।

ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको धारणा समेत राखेको समाचारमा यल्लेख छ । यसैबीच, उनले बेलायतको राजकीय भ्रमणका लागि किंग चाल्र्सको निमन्त्रणा स्वीकार गरेका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि ट्रम्पले युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्ने कुरा यूरोपको जिम्माको विषय भएको र यसमा वासिंगटनको संलग्नताको कुनै ग्यारेन्टी नहुने बताएका थिए । यसैबीच युक्रेनको दुर्लभ खनिजसम्म अमेरिकालाई दिने सम्बन्धी सम्झौतामा जेलेन्स्कीले आज ह्वाइटहाउसमा हस्ताक्षर गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *