>

पशुपतिनाथ मन्दिर परिसरबाट अवाञ्छित गतिविधि गर्ने ७५ जना पक्राउ

काठमाडौँ । प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिएका छन ।

आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाण्डूका राखिएको पनि उनले जानकारी दिएका छन । सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनले भने, ‘हामीले प्रोफाइल हेरेर नियन्त्रणमा लिएका छौँ ।’ पक्राउ पर्नेहरु सबै पुरुष हुन् । स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *