रुस र युक्रेनबीच युद्ध शुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्र संघबाट सोमबार युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गर्दा अमेरिकाले विपक्षमा मत हालेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा भाग लिएनन् । प्रस्तावलाई जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरुले समर्थन गरेका छन । तर, अमेरिकाले भने पहिलो पटक विपक्षमा मतदान गरेको छ ।
यस्तै, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । मतदानमा भारत र चीनले भाग लिएनन् । यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा भएको हो ।