काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन ०८२ मा कुनै पनि हालतमा नहुने बताएका छन ।
आज (शनिबार) कांग्रेस निकट प्रेस युनियनले चितवनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा शंक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महतले यस्तो बताएका हुन । उनले तयारी नपुगेकाले पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्ने दाबी गरेका हुन ।
उनले भने, ‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ । तयारी केही पुगेको छैन । तयारीका लागि केही समय थप गर्न सकिन्छ,’ उनले भने । प्रवक्ता महतले विधानतः एक वर्ष ६ महिना थप्न सकिने भए पनि कति समय थप गर्ने भन्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताएका छन ।
पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी हुने गरेको भन्दै त्यसले पार्टीलाई कमजोर बनाउने महतले बताए । ‘पार्टीलाई बलियो बनाउन व्यक्तिवादी प्रवृत्ति निरुत्साहित गर्नुपर्छ,’ उनले भने, ‘हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।’
प्रवक्ता महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने धारणा पनि व्यक्त गरे । व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको उनको भनाइ थियो ।