>

रवि लामिछानेविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन नमानेपछि सरकारी वकिलको रातारात सरुवा

चितवन । सरकारले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संगठित अपराध कसुरमा उन्मुक्ति दिएको आरोपमा लुइँटेलको सरुवा गरिएको हो।

लुइँटेललाई महान्यायाधीवक्ता कार्यालयमा तानिएको छ, र उनको स्थानमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई नियुक्त गरिएको छ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

चम्ताउनुपर्ने घटना के भने, जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्धामा १२ जनाविरुद्ध संगठित अपराधको मुद्धा दायर गरेको थियो।

यस मुद्धामा रवि लामिछानेसहित ३२ जनाविरुद्ध संगठित अपराधको मुद्धा दायर गर्न प्रहरीले पुरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। यद्यपि, लुइँटेलले लामिछाने गोर्खा मिडियामा मात्र संलग्न रहेको देखिएकाले संगठित अपराधको मुद्धा दायर गर्नु उपयुक्त नहुने तर्क प्रस्तुत गर्दै जिल्ला अदालतमा १२ जनाविरुद्ध मात्र मुद्धा दर्ता गरेका थिए।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

गोर्खा मिडियाका अध्यक्ष जीबी राई, छविलाल जोशी र कुमार रम्तेलको दुई वा सो भन्दा बढी कम्पनीमा साझेदारी देखिए तापनि, लामिछानेको साझेदारी गोर्खा मिडियामा मात्र रहेको कारण उनलाई संगठित अपराधको मुद्धामा समावेश नगर्ने लुइँटेलको निष्कर्ष थियो।

लामिछानेबाहेक २० जनाविरुद्ध मात्र सहकारीको रकम अपचलनको मुद्धा दायर गरिएको छ। प्रहरी प्रतिवेदनमा, साहारा चितवन सहकारीको १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ गोर्खा मिडियामा गएको देखाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *