>

कार्यब्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बिच नोंकझोक

काठमाडौं । संसद बैठक बोलाउन छाडेर अध्यादेश ल्याएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरले बोलाएको कार्यब्यवस्था बैठकमा प्रतिपक्षी माओवादीले कांग्रेस प्रति आक्रामक भएको हो ।

‘अब अध्यादेशवाट नै सरकार चलाउने हो भनेर ठुला दलका प्रमुख सचेतकले भने पछि मैले आपत्ति जनाए’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘त्यसपछि मैले प्रतिप्रश्न गरे, यस अघि संसद बिघटन भएको हो, ६ वटा अध्यादेशबाट ल्याएर सरकार चलाउँछु भने पछि मैले आपत्ति जनाए ।’ उनका अनुसार अध्यादेशका बिषयबस्तु महत्वपुर्ण भएकाले माघ १८ गते देखी सुरू हुने संसद बैठकमा प्रश्न उठाउने पनि उनले जनाए  ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

उनका अनुसार खास गरेर अध्यादेश मध्य पनि आर्थिक कार्यबिधी र उत्तरदायित्व बिधेयक संसदमा छलफलको क्रममा रहेको बेला सोही बिधेयकलाइ पनि अध्यादेशमार्फत ल्याउँदा नियम अनुसार, प्रचलन अनुसार, संबिधान अनुसार नमिलेको तर्क पार्टीले राखेको उनले जनाए ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशका बारेमा गत माघ ४ गते प्रतिपक्षमा रहेका ७ दलले संयुक्त रूपमा धारणा राखेको उल्लेख गर्दै माघ १८ गते देखी सुरू हुने बैठकमा पनि प्रश्न गरिने तयारी भएको बैठक पछि उनले जनाएका छन ।
 

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *