काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कासहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सो प्रकरणमा मुछिएका दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गरी हदैसम्मको सजाय माग गरी मुद्दा दर्ता गरिएको हो ।