बाक्लो कुहिराका र शीतलहरका कारण मधेसको जनजीवन प्रभावित

काठमाडौं । दुई दिन देखि लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि मधेसका जिल्लामा जनजीवन प्रभावित भएको छ ।

शीतलहर सँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ । शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ । शीतलहरले मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको जनजीवन प्रभावित भएको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

शीतलहर सँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारी चालक बताउँछन् । शीतलहरका कारण मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ । विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ ।

सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन् । मधेसमा पुस पहिलो साता देखि शुुरु हुने शीतलहर माघ अन्तिम सम्म रहन्छ । यस अवधिमा मधेसी समाजको जनजीवन कष्टकर हुन्छ । मधेसमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस वर्ष पनि शीतलहर बाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *