>

साउदीमा सडक दुर्घटना : ३ नेपालीसहित १५ जनाको मृत्यु

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदीको जिजाननजिकै भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइनेछ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् ।

दुर्घटनामा १५ नागरिकको ज्यान गएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्द राह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदै गर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *