>

त्रिपाठीमाथि आक्रमणको आरोप लागेका दुई जना धरौटीमा रिहा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाण्डूले आदेश दिएको छ ।

जिल्ला अदातल काठमाण्डूका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एक–एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएका छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले जानकारी दिएका छन । धरौटी बुझाउन नसेकका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति हुन् ।

जैसीले वरिष्ठ अधिवक्त त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गरेका थिए । अर्का प्रतिवादी केसीले भने आफू सहकारी पीडित रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *