>

राष्ट्रपति रनिङ खेलकुद : प्रवीण र संगीताको जुनियर राष्ट्रिय कीर्तिमान

काठमाडौं । बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत एथलेटिक्समा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रवीणले छात्र १ सय मिटर दौड तथा संगीताले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रवीणले निर्धारित दूरी १०.७६ सेकेन्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण पदक जिते ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यसअघि आशिष चौधरीको नाममा १०.९० सेकेन्डको कीर्तिमान थियो । १ सय मिटर दौडमा कोशी प्रदेशका सुजन मण्डल दोश्रो तथा लुम्बिनी प्रदेशका शुभम बमरेल तेश्रो भए । संगीताले निर्धारित दूरी १ मिनेट ०१.१९ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितिन् ।

संगीताले यसअघि अरुणा रिजालले राखेको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । बागमतीकी अनिशा थारु दोश्रो र कर्णालीकी कृष्णा राना तेश्रो बने । प्रतियोगिताको छात्रा १ सय मिटर दौडमा बागमतीकी दिना गोपाली पहिलो भईन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

लुम्बिनीकी आरुशी भट्टराई दोश्रो तथा गण्डकी प्रदेशकी अनुष्का अधिकारी तेश्रो भए । छात्र ४ सय मिटर दौडमा कर्णालीका धीरेन्द्र विकले स्वर्ण जिते । गण्डकीका प्रकाश महतोले रजत तथा सुदूरपश्चिमका विक्रम विष्टले कांस्य पदक प्राप्त गरे । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनार पहिलो भए । सुदूरपश्चिमका उज्ज्वलकुमार विक दोश्रो तथा गण्डकीका विवेक महतो तेश्रो स्थानमा रहे । छात्रा हाइजम्पमा सुदूरपश्चिमकी सुस्मिता चौधरी शीर्ष स्थानमा रहिन् ।

गण्डकीकी सविता खातुन मिया दोश्रो तथा कर्णालीकी हीरा बुढा तेश्रो बनिन् । सटपुटको छात्रमा सुदूरपश्चिमका विवेक चौधरी पहिलो भए । लुम्बिनीका राजन भण्डारी दोश्रो तथा कर्णालीका केशव विक तेश्रो भए । छात्रा सटपुटमा बागमतीकी एलिना विकले स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी सम्झना चौधरीले कांस्य पदक जितिन् ।

छात्रा १ हजार ५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी पहिलो भइन् । बागमतीकी भगवती खड्का दोश्रो तथा सुदूरपश्चिमकी देवकी धामी तेश्रो भए । प्रतियोगितामा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *