काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकको फ्लाइओभरमा गाडी सञ्चालनको तयारी थालिएको छ ।
अहिले फ्लाइओभरमा अन्तिम चरणको कालोपत्रे र रंगरोगनको काम भैरहेको छ । कालोपत्रे गर्ने काम सम्पन्न गरेपछि सवारी आवागमन खुल्ला गरिने बताइएको छ । कुल ४ सय ५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ ¥याम्प निर्माण गरिएको छ ।
फ्लाइओभर सञ्चालन भएपछि सो क्षेत्रको जाम अन्त्य हुने अपेक्षा गरिएको छ । फ्लाइओभर जेठ मसान्तसम्म सञ्चालनका लागि तयार पार्ने लक्ष्य भएपनि केही समय लम्बिने देखिएको छ । सडक विभागले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्ने गरी २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
समयमा नै निर्माण सम्पन्न नभएपछि पटक–पटक थप गरेर दिएको अन्तिम म्याद गत पुष ८ गते नै सकिसकेको छ । म्याद सकिएपछि निर्माण कम्पनीले निरन्तर काम गर्दै आएको छ ।