>

गिरीबन्धुको फाइल मगाउँदै सर्वोच्चले भन्यो, ‘प्रधानमन्त्रीलाई अवहेलनामा कारबाही किन नगर्ने ?’

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ ।

गिरीबन्धु टि स्टेट्सको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको भनी दर्ता भएको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउँदै प्रधानमन्त्रीका नाममा पनि कारण देखाउ आदेश जारी गरेको हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमिव्यवस्था मन्त्रालयको नाममा आदेश जारी गरेको हो । साथै उसले गतवर्ष सर्वोच्च अदालतको संवैधानिक इजलासबाट जारी भएको गिरीबन्धु टि स्टेट्स सम्बन्धी मुद्दाको मिसिल समेत साथै राख्न आदेश दिएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीको मुद्दामा भएको फैसला कार्यान्वयनको साटो हदबन्दी खुकुलो हुने गरी अध्यादेश जारी गरेको भन्दै प्रधानमन्त्री केपी ओली लगायतमाथि अवहेलना कारबाही हुनुपर्ने भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *