>

सशस्त्रमा एआईजी सिफारिस अझै अनिर्णित

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि सिफारिस गर्न आवेदन खुलाएको महिना दिन पुग्न लाग्दा पनि अझै बढुवा समिति अनिर्णित बनेको छ ।

एआईजी चन्द्रप्रकाश (सीपी) गौतमले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि एआईजीका लागि बढुवा सिफारिस समितिले १४ वैशाख २०८२ मा प्रतिस्पर्धाका लागि आवेदन खुलाएको थियो । एक साताको म्याद दिएर खुलाइएको आवेदन दिने मिति २१ वैशाखसम्म थियो । तर, त्यसपछिको तीन साता पुग्दा पनि बढुवा सिफारिस समितिको बैठक बसेको छैन ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

रिक्त एआईजीका लागि विभिन्न मितिमा सेवा प्रवेश गरेका १० जना नायव महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा छन् । एआईजी प्रतिस्पर्धाका लागि २०५६ मा नेपाल प्रहरीमा निरीक्षकबाट सेवा प्रवेश गरेर पछि सशस्त्रमा स्थानान्तरण भएका क्रमशः कमल गिरी, गणेश ठाडामगर, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ छन् । उनीहरु ३ पुस २०७७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए।

त्यस्तै २०५२ मा नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सइ) बाट सेवा प्रवेश गरी पछि सशस्त्रमा स्थानान्तरण भएका कुमार न्यौपाने र कालीदास धौबजी पनि प्रतिस्पर्धामा छन् । दुवै २२ असार २०७८ मा डीआईजी भएका थिए । यसैगरी २०५४ मा प्रहरीबाटै प्राविधिक सइका रुपमा सेवा प्रवेश गरेका लक्ष्मण सिंह र प्रदीपकुमार पाल पनि एआईजी प्रतिस्पर्धामा छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सिंह र पाल २२ चैत २०७८ मा डीआईजी भएका थिए ।यसैगरी सशस्त्र प्रहरीको पहिलो ब्याचका सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल पनि एआईजी प्रतिस्पर्धामा छन् । २०५९ मा सशस्त्र प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ र पोखरेल ४ फागुन २०७९ मा डीआईजीमा बढुवा भएका थिए । दसैजना प्रतिस्पर्धीले एआईजीका लागि फाराम भरेका छन् ।

तर, सिफारिस समिति बैठक नबस्दा एआईजीको टुंगो लाग्न नसकेको हो । गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक सम्मिलित दुई सदस्यीय बढुवा समितिले एआईजी सिफारिस गर्ने सशस्त्र प्रहरी नियमावलीमा उल्लेख छ । तर, सिफारिस समिति नै नबस्दा बढुवामा बाहिरी चलखेल र शक्तिकेन्द्र धाउने क्रम बढेको हो । दश जनाको आवेदन परे पनि गिरी र ठाडामगरबीच चर्काे प्रतिस्पर्धा देखिएको छ।

डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, कुमार न्यौपाने, कालीदास धौबजी, लक्ष्मण सिंह, प्रदीपकुमार पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले बढुवाका लागि आवेदन दिएका हुन् ।

गिरी, ठाडामगर, सुवेदी र नेम्वाङ २०५६ सालमा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा सेवा प्रवेश गरी सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका डिआइजीहरू हुन् । उनीहरू २०७७ पुस ३ गते सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा बढुवा भएका थिए। डिआइजी वरीयतामा गिरी पहिलो नम्बर, ठाडामगर दोस्रो र नेम्वाङ तेस्रोमा छन् ।

सीमा सुरक्षा बिभाग रिक्त
सशस्त्र प्रहरी बलमा एक महिनादेखि सीमा सुरक्षा विभाग रिक्त भएको छ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको अनिवार्य अवकाशपछि सो विभाग रिक्त भएको हो ।

भारत–पाकिस्तान द्वन्द्वका कारण सीमा क्षेत्रमा कडाई गरेको बेला सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा विभाग नै रिक्त भएको एक महिना पुग्न लागेको छ ।

रिक्त एआइजी पदका लागि दश जना नायव महानिरीक्षक (डिआइजी) ले आवेदन दिएका छन् । बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो। आवेदन भर्ने मिति वैशाख २१ मै सकिएको छ। विगत १० दिनदेखि बढुवा समितिको बैठक बस्न सकेको छैन।

प्रधानमन्त्री तथा गृहमन्त्रीबीच वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमताको आधारमा बढुवा गर्ने सहमति भइसकेको भएपनि बढुवामा भने ढिलाइ भएको छ। बढुवामा ढिलाइ हुँदा आर्थिक चलखेलको आशंका समेत बढेको छ। ‘बढुवामा बिचौलियाहरूको प्रवेश नहोस् भन्ने चाहाना हो तर बढुवामा ढिलाइ हुँदा आशंका उत्पन्न भएको छ’, सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो।

One thought on “सशस्त्रमा एआईजी सिफारिस अझै अनिर्णित

Leave a Reply

Your email address will not be published. Required fields are marked *