>

साथीले बोलाएर गइन्, सामूहिक बलात्कारको शिकार भइन्

चितवन । चितवनमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । भरतपुर महानगरपालिका–१४ की १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । पीडितको जाहेरीका आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले गत वैशाख २५ गते साँझ साथीले बोलाएर बलात्कार गरेका हुन् । खनालका अनुसार ६ किशोरले मादक पदार्थ सेवन गराएर अचेत अवस्थामा किशोरीमाथि बलात्कार गरेका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यस्तै पीडकहरुले बलात्कार घटनाको भिडियोसमेत बनाएका थिए । घटनाबारे पीडित युवतीले आफ्नी माइजुलाई बताएकी थिइन् । लगत्तै उनका मामाले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *