>

शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय कारोबारसम्बन्धी कसुरमा चौधरीलाई पक्राउ गरिएको जनाएको छ ।

चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले गत १ जेठ मा पक्राउ पुर्जी जारी गरेको थियो । चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ०७९ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *