>

जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौ । जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाण्डू ल्याइएको थियो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिएका छन । कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती ललिता कुमारी यादवविरुद्ध पनि पक्राउ पुर्जी भएकोमा अदालतले ललिताकुमारीलाई पक्राउ नगर्न आदेश गरेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *