>

१२ कक्षाको परीक्षा अन्योलमा : अन्तिम अपिल निकाल्ने बोर्डको तयारी

काठमाडौं । १२ कक्षाको परीक्षा ११ वैशाखमै गर्ने अडानमा रहेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन अन्तिम अपिल गर्ने तयारी गरेको छ ।

मंगलबार बसेको बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू झन् असन्तुष्ट भएका छन् । शिक्षामन्त्रीले राजीनामा दिएपछि परीक्षा संवेदनशील भएकाले सरकारले सल्लाह गरेर फाइनल अपिल ल्याउने तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

अन्य संयन्त्रबाट परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षणमा साथ नदिने महासंघको चेतावनीपछि बोर्ड फेरि अपिल गर्ने निष्कर्षमा पुगेको हो । परीक्षा नजिकिँदै गर्दा विद्यार्थी र अभिभावक अन्योलमा छन् । बोर्डका अनुसार ५ लाख ११ हजार विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *