काठमाडौं, २७ चैत । सेयर बजारमा सामान्य सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ६६ अंकले बढेको छ । जसका कारण २६००.२८ को विन्दुमा पुगेर आजको कारोबार रोकिएको छ ।
साताका चौथो दिनमा ३ सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री भएको छ । जसवाट ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० मूल्य बराबरको कारोबार हुन पुगेको छ ।