>

लगातार छैटौँ दिन पनि घट्यो नेप्से

काठमाडौं। सोमबार पनि सेयर बजार मापक नेप्सेमा गिरावट आएको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको नेप्से लगातार छैटौं दिन पनि ओरालो लागेको हो । सोमबार नेप्से २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब नौ करोडको कारोबार भएकामा सोमबार घटेर ८ अर्ब ३७ करोडमा सीमित भएको छ । अघिल्लो दिनको तुलनामा यो एक करोड ७२ लाखले कम हो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

सोमबार ३ सय ११ धितोपत्रको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर किनबेच भयो । ४४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ९१ वटाको घट्यो । यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ । नेष्डो समृद्ध लघुवित्तको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो भने उपकार लघुवित्तको मूल्य सर्वाधिक ६।९८ प्रतिशतले घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *