>

तत्काल कसैसँग पनि पार्टी एकीकरण सम्भव छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टी सँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

मंगलबार धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै सम्भावना नरहेको बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

नेता खनालले एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताएका छन् । उनले आज राष्ट्रियतामाथि खतरा बढेको कारण कार्यगत गएकता गर्न सकिने बताए ।

चुच्चे नक्शाको कार्यान्वयन जस्ता राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्न सकिने बताए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *