>

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

विराटनगर। संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले प्रशासनलाई जानकारी दिए ।

मोरङको रंगेली नगरपालिका–२ स्थायी घर भएका र काठमाडौँमा बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा(एमाले) मोरङ जिल्ला सदस्य हुन्।

मोरङ प्रहरीका अनुसार पोखरेलमाथि ठगीको गम्भीर आरोप लागेको छ। अनिलले सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीसँग छोरीलाई एबीबीएस अध्ययनका लागि नाम निकालिदिने बहानामा विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

ठगी प्रकरणमा उच्च अदालत विराटनगरले प्रहरीलाई अनुसन्धानका लागि आदेश दिएको थियो।

सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट हटाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *