परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्कनु भएको छ । युरोप तथा भारत गरी १५ दिनको भ्रमण सकेर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्किनु भएको हो । परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गरेर सुनुवाइमा जलवायु न्यायको लागि नेपालल भोगेको समस्या बारे धारणा राखेको वताउनु भयो ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट गरी परराष्ट्रमन्त्री डा राणाले युरोपियन युनियनमा भएको बिभिन्न भेटघाट तथा छलफलमा जलवायु परिवर्तन,नेपालको स्वच्छ उर्जाको विकास र पर्वतीय सवलमा नेपालले लिएको अग्रसरता वारे जानकारी गराएको वताउनु भयो ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

परराष्ट्र मन्त्री डा राणाले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्स अन्तर्गतका विशिष्ट भेटवार्तामा नेपालको जोखिम न्युनिकरण लगायतका बारेका छलफल भएको पनि जानकारी गराउनु भयो। भारत भ्रमणको सम्बन्धमा राखिएको जिज्ञासा मन्त्री राणाले भ्रमणको उद्देश्य प्रधानमन्त्रीको भ्रमणको विषय नभइ अन्य कार्यक्रम भएकोले त्यस विषयमा कुरा नभएको बताउनु भयो । गत मंसिर २२ गते युरोप प्रस्थान गर्नुभएकी परराष्ट्रमन्त्री राणा त्यतैबाट भारत भ्रमणमा जानुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *