>

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि प्रचण्डलाई देउवाको फोनः के भएको हो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् ।

हिजो (बिहीबार) मात्रै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा माधव नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसको केहीबेरमा सभापति देउवाले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर माधव नेपालमाथि मुद्दा किन लागेको हो भन्ने जस्ता विषयमा कुराकानी गरेका स्रोतले जनाएको छ ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

पूर्वप्रधानमन्त्री नेपालमाथि किन र के कारणले भ्रष्टाचार मुद्दा लाग्यो भन्ने चासो देउावको थियो । यो कुरा प्रचण्डले नै आज नयाँ बानेश्वरमा पत्रकारहरूमाझ खुलाएका हुन् । प्रचण्डले भने, ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । खासगरी माधव नेपालमाथि मुद्दा दर्ता भएको विषयमा उहाँले मलाई सोध्नुभयो ? के भएको हो भनेर ।

अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आश्चयर्यमा परे फेरि । सत्तापक्षको सबैभन्दा ठूलो नेताले के भएको हो माधवजीको मुद्दा दर्ता कसरी भएको हो भनेपछि मैले भने, मैले पो तपाईंलाई सोध्नुपर्ने हो, तपाईंले सोध्नुभयो । उहाँलाई थाहा नभएको बुझेँ मैले,’ अध्यक्ष प्रचण्डले भने । माधव नेपाललाई मुद्दा दर्ता गर्ने बेलामा कांग्रेस सभापति देउवासँग सल्लाह भएर दर्ता गरेको होइन रहेछ भन्ने आफूलाई लागेको प्रचण्डको भनाइ छ । ‘शेरबहादुरजीले ढाट्नुहुन्न, उहाँ सिधासिधा भन्नुहुन्छ, ढाट्नुहुन्न भन्ने लाग्छ,’ उनले भने, ‘यो चाहिँ राजनीतिक प्रतिशोध साँध्ने ढंगले नै सरकारले अघि बढाएको देखिन्छ ।’

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको पनि चर्चा चलेको र मुद्दा नचलाउने भनेर अख्तियारले दस्तावेज नै सरकारलाई पठाएको पनि उनले बताए । ‘प्रधानमन्त्री र मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारको क्षेत्राधिकार नपर्ने भएको हुनाले उहाँहरू (माधव र बाबुराम) को बारेमा के गर्नुपर्ने हो मन्त्रिपरिषदले नै गरोस् भनेर अख्तियारले लेखेर दिएको छ, त्यही अख्तियार अहिले कसरी प्रधानमन्त्रीमाथि नै सिधै मुद्दा दर्ता गर्न पुगे भन्ने प्रश्न पनि छ,’ उनले भने, ‘यो गम्भीर प्रश्न छ, कहीँ न कहीँ प्रतिशोध साँध्नका लागि ठेलेर, माधवजीलाई जसरी पनि गरौं भन्ने नियतले काम गरेको देखिन्छ, जुन गलत हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *